बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किराँत राई यायोक्खा युकेमा नयाँ माङ्खिम कार्यसमिति चयन

मङ्गलबार, २७ भदौ २०७४, ०८ : २५
मङ्गलबार, २७ भदौ २०७४

लन्डन - किराँत राई यायोक्खा युकेको बार्षिक साधारण सभाले   मेजर भुपजित राईको सम्योजकत्वमा नयाँ माङ्खिम कार्यसमिति चयन गरेको छ । 

'अनेकतामा एकता हाम्रो निशान, धेरै भाष किराँत राईहरुको पहिचान’ भन्ने नारासहित किराया युकेका अध्यक्ष पदमबहादुर राई बिईएमको अध्यक्षतामा  आइतबार किराँत हाउस गेम्बल लेनमा सभा सम्पन्न भएको हो । 

किराँत राई यायोक्खा युकेको बार्षिक प्रतिबेदन महासचिव जितेन्द्र साम्पाङले प्रस्तुत गरेपश्चात बिभिन्न बिषयमा छलफल भएको  थियो ।

निम्न विषयमा छलफल केन्द्रीत
बार्षिक प्रतिबेदनमा किराँत राई यायोक्खा बेलायतको सांगठानिक संरचनाको अवस्था, प्रारम्भिक कार्य समिति बिस्तार, किराया युकेमा आबद्ध भाषिक तथा थरगत संस्था, सदस्यता, बेलायतमा यलम्बर स्मृती दिवस २०१७, स्रष्टाहरुको सम्मान, बेलायतमा किरातहरुको अस्तित्व, आर्थीक सहयोग, माङ्खिम तथा साकेला स्थल अन्तर्गत माङ्खिम घर निर्माण गरी सामूहिक चुला घरको निर्माण गरी जन्म देखी मृत्यु सम्मका बिधी बिधान गर्न सहज बनाउने, पाँच देखी नौ सय अटाउने मंच सहितको सभा कक्षसहित किराया युके कार्यलय स्थापना गर्नेलगायतका बिषयमा छलफल केन्द्रित रह्यो ।

किराँत राई माङ्खिम स्थल खरिदका लागी महत्वपूर्ण भूमिका निभाउँदै सफलता पूर्वक माङ्खिम स्थल खरिद गरेर युकेवासी नेपालीलाई आफ्नो भूमी सुम्पन सफल माङ्खिम कार्य समितीलाई औपचारिक रुपमा धन्यवादसहित कार्यसमिति भंग गर्दै नयाँ कार्यसमिती निर्माणका लागी अध्यक्ष पदम बहादुर राईले घोषणा गरे । र नयाँ कार्य समिती चयन प्रकृया शुरु भयो ।

-रिटायर्ड मेजर भुपजित राईको संयोजकत्वमा नयाँ माङ्खिम कार्य समिति निर्माण भएको छ ।

-उपसंयोजकहरु छेत्राकला राई, पपि राज राई र ध्रुब राई, कोषाध्यक्ष, मान बा. राई, सचिवसहित सदस्य र अन्य पदहरु पछि विस्तार हुने बताइएको छ ।

-हाल युके भ्रमणमा रहेका केही पत्रकार पनि यायोक्खा युकेको सभामा उपस्थित भएर किराँत भुमीको अवलोकन भ्रमण गरेका थिए ।

-अतिथिलाई किराँत राई युकेका अध्यक्ष पदम बहादुर राई, सल्लाहाकार रत्न राई, चण्डिका राई लगायतले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप