अलैँचीको मूल्य निरन्तर ओरालो
कुनै बेला एक लाख प्रतिमन भन्दा बढी मूल्यमा बिक्री भएको अलैँची अहिले निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो ।
देशमा नै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला इलाम नै हो तर यहाँ जति अलैँची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।
जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैँची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा पैदा भएको छ ।
अलैँचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण अलैँची बिक्दैन कि भन्ने चिन्तासमेत बढ्न थालेको छ । खोला, खोल्सामा उत्पादन हुने अलैँचीलाई खोल्सीको कालो सुन भनेर चिनिने अलैँची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा बिकेको वस्तु निरन्तर ओरालो लागेपछि स्थानीयवासी चिन्तित भएका हुन् । दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढे पनि अलैँचीको भाउ घटेपछि चिन्ता बढेको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए ।
विश्व बजारमा सुनको भाउ बढ्दा अलैँचीको भाउ पनि बढ्ने गरेको थियो । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैँची किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।
साउन अन्तिमदेखि अलैँचीको याम शुरु हुन्छ । तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैँची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैँची टिप्ने गरिन्छ । पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैँची लाएका छन् । निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोख्रेलले बताए । भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि एकाएक गर्दै बर्सेनी भाउ ओरालो लागेपछि चिन्ता छाएको किसानको भनाइ छ ।
भाउ घट्ने गरेकाले किसानमात्र हैन व्यापारीसमेत चिन्तित हुने गरेका छन् । किसानले पाँच वर्षअघि सलकपुरे, भार्लाङलगायत जातका अलैँची टाढाटाढाबाट खरिद गरिल्याएका थिए । प्रतिसरा रु १० देखि १५ का दरले किनेर रोपेको अलैँची केही मरिसकेको छ भने केही बाँकी रहे पनि उत्पादन दिन छोडेको किसानको भनाइ छ । वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैँचीले नै पुग्ने गरेको भए पनि हाल छ मन बेच्दा पनि छ वर्ष अघिको एक मन अलैँचीको दाम नभेटाइने गरेको किसानको भनाइ छ । सरकारले पनि अलैँची किसानलाई सिँचाइका लागि पाइप, हिउँदमा तुसारोबाट जोगाउनका लागि केही सहयोग गर्नुपर्ने किसानको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ