शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भर्साचे कोट’ प्रकरण : परमिताले मागिन् माफी

‘दुर्घटनाबारे सम्झाउँदा मैले आफ्नो नियन्त्रण गुमाएर कमेन्ट लेख्न पुगेँ’
शनिबार, १७ साउन २०७७, १४ : २४
शनिबार, १७ साउन २०७७

काठमाडौँ । सामाजिक सञ्जालमा निकै भाइरल बनेको ‘भर्साचे कोट’ प्रकरणमा नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छिन् । सामाजिक सञ्जाल टिकटकमा उनले गरेको एक कमेन्टमा कारण उनको आलोचना भएपछि उनले यसबारे माफी मागेकी हुन् ।

परमिताले टिकटकमा पोष्ट गरेको भिडियोमा गत वर्ष मंसिरमा भएको बूढानिलकण्ठ कार दुर्घटनालाई लक्षित गर्दै प्रियंका डंगोल नाम गरेकी प्रयोगकर्ताले गरेको प्रश्नको जवाफमा परमिताले अपत्तिजनक प्रतिक्रिया जनाएकी थिइन् ।

प्रियंकाले व्यङ्ग्य गर्दै प्रश्न गरेकी थिइन्, ‘एउटा मदिराले लठ्ठ चालकले एक निर्दोष मानिसलाई मारेको कारमा सवार हुँदा र त्यसलगत्तै भाग्दा तपाईं कुन लुगा लगाउनुहुन्छ ?’ २०७६ साल मंसिरमा बूढानिलकण्ठमा मादक पदार्थ २१ वर्षीय पृथ्वी मल्लले चलाएको कारले बूढानिलकण्ठमा विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी लिला देवकोटालाई ठक्कर दिँदा लिलाको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त कारमा परमिता पनि सवार रहेकी थिइन् ।

जसको जवाफमा परमिताले ‘होइन माया, मैले भर्साचेको कोट लगाएको थिएँ जसलाई तिमीले कहिले किन्न सक्ने हैसियत राख्ने छैनौँ’ भन्ने लेखेकी थिइन् ।

उक्त कमेन्टको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल बनेपछि परमिताले एक भिडियो अपलोड गर्दै माफी मागेकी हुन् । उनले भिडियो अपलोड गर्दै लेखेकी छन्,

मलाई थाहा छैन म अब को हुँँ । म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो । मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरूपमा गलत र स्वार्थी भएँ र मैले सामाजिक सञ्जालमा पोस्ट गरेको क्षमा याचना पनि सही थिएन । मलाई त्यो थाहा छ । मैले जे गरेँ त्यो गलत गरेँ र म यसको उत्तरदायी हुँँ । तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असर गर्छ, त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ । र, मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिइनँ र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ । त्यसको स्क्रीनशट लिइसकेको रहेछ भनेर मलाई थाहा थिएन । म टिकटककी प्रयोगकर्ता प्रियंका डंगोललाई माफी माग्न चाहन्छु । म अत्यन्तै क्षमाप्रार्थी छुँ। मेरो तपाईंँलाई अपनमान गर्ने मनसाय थिएन । मलाई माफ गर्नुहोला मैले मेरो नराम्रो पक्ष प्रस्तुत गरेँ र तपाईँलाई गरेको जस्तो व्यवहार कसैले पनि कसैलाई गर्नुहुँदैन । म बुझ्छु, म प्रतिको रिस र आक्रोश । मलाई थाहा छ कि म मानिसहरुमा राम्रो प्रभाव पार्न सकेको छैन । र म फेरी पनि माफि माग्न चाहन्छु । यो म होईन । म प्रतिको सर्वसाधारणको आक्रोश जायज छ र मलाई क्षमा गर्नुहुन्छ होला भन्ने आशा गर्दछु । मलाई वर्षाइएका नकारात्मकतालाई सामना गर्ने साहस र हिम्मत बटुल्दै छु र यो सबै मेरै कारणले निम्तेको हो । र म यो सबको भागीदार हुँँ, मेरो मुर्खता र बचकाना व्यवहारले गर्दा। हामी सबैको अलग–अलग पक्ष हुन्छ राम्रो, नराम्रो र अत्तिनै नराम्रो । सर्वसाधारणले मेरो असभ्य व्यवहार दुईचोटी देख्नपरेकोमा म लज्जित छुँ । म निकै लज्जित छु र मेरै व्यवहारले मलाई नै असजिलो बनाएको छ । म मेरा भावनाहरु नियन्त्रणमा राख्न सक्दो प्रयास गर्नेछु चाहे जति नै गाह्रो भए पनि तर म यो गलती अब कहिले पनि दोहोर्याउने छैन। म साँच्चिकै दुःखी छु । मलाई साँच्चिकै माफी माग्न र दुःखी हुन बाहेक मैले अरु केहीपनि भन्न सकेको छैन । मैले म आँफैलाई र मेरा आफ्नाहरुलाई निराश बनाएकी छु । म आफै प्रति निकै नै लज्जित छु ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरूपमा गलत र स्वार्थी भएँ र मैले सामाजिक सञ्जालमा पोस्ट गरेको क्षमा याचना पनि सही थिएन। मलाई त्यो थाहा छ। मैले जे गरेँ त्यो गलत गरेँ र म यसको उत्तरदयी हुँँ। तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असार गर्छ, त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ। र मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिईन र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ। त्यसको स्क्रीनशट लिईसकेको रहेछ भनेर मलाई थाहा थिएन। म टिकटककी प्रयोगकर्ता प्रियंका डंगोललाई माफी माग्न चाहन्छु। म अत्यन्तै क्षमाप्रार्थी छुँ। मेरो तपाईंँलाई अपनमान गर्ने मनसाय थिएन। मलाई माफ गर्नुहोला मैले मेरो नराम्रो पक्ष प्रस्तुत गरेँ र तपाईँलाई गरेको जस्तो व्यवहार कसैले पनि कसैलाई गर्नुहुँदैन। म बुझ्छु, म प्रतीको रिस र आक्रोश। मलाई थाहा छ कि म मानिसहरुमा राम्रो प्रभाव पार्न सकेको छैन। र म फेरी पनि माफि माग्न चाहन्छु। यो म होईन। म प्रतीको सर्वसाधारणको आक्रोश जायज छ र मलाई क्षमा गर्नुहुन्छ होला भन्ने आशा गर्दछु। मलाई वर्षाईएका नकारत्मकतालाई सामना गर्ने साहस र हिम्मत बटुल्दै छु र यो सबै मेरै कारणले निम्तेको हो। र म यो सबको भागीदार हुँँ, मेरो मुर्खता र बचकाना व्यवहारले गर्दा। हामी सबैको अलग-अलग पक्ष हुन्छ राम्रो, नराम्रो र अत्तिनै नराम्रो। सर्वसाधनले मेरो असभ्य व्यवहार दुईचोटी देख्नपरेकोमा म लज्जित छुँ। म निकै लज्जित छु र मेरै व्यवहारले मलाई नै असजिलो बनाएको छ। म मेरा भावनाहरु नियन्त्रणमा राख्न सक्दो प्रयास गर्नेछु चाहे जती नै गाह्रो भए पनि तर म यो गलती अब कहिले पनि दोहोर्‍याउने छैन। म साँच्चिकै दुखी छु। मलाई साँच्चिकै माफी माग्न र दुखी हुन बाहेक मैले अरु केहीपनि भन्न सकेको छैन। मैले म आँफैलाई र मेरा आफ्नाहरुलाई निराश बनाएकी छु। म आँफै प्रती निकै नै लज्जित छु।

A post shared by Paramita Tania Parker RL Rana (@paramita2.0) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप