म्याग्दीबाट एक महिनामा १० जना फरार अभियुक्त पक्राउ
शनिबार, १७ साउन २०७७, १४ : ३८
काठमाडौं । म्याग्दीबाट पछिल्लो एक महिनाको अवधिमा १० जना फरार अभियुक्तलाई प्रहरीले पक्रेको छ ।
डाँकाचोरी, गाई काट्ने, सवारी ज्यान र बहुबिवाह लगायतका मुद्धामा फरार कसुरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले जानकारी दिए ।
पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–५ शिख घर भएका कृष्ण गर्बुजा उर्फ बालकृष्ण र बेनी–६ अर्थुङ्गे घर भएका सम्मर बहादुर दर्जी लगायत छन् ।
बालकृष्णलाई जिल्ला अदालत म्याग्दीले ६ बर्ष कैद र सम्मर बहादुरलाई ३ बर्ष कैद सजाय हुने फैसला गरेको छ ।
पक्राउ गरिएकाहरुलाई जिल्ला अदालत म्याग्दीबाट कसुर पुष्टि भएर अदालते वारेन्ट जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी