पाँच हजारले लियो ईश्वर बस्नेतको ज्यान
रोल्पा । साउन १६ गते दाङको घोरहीबाट घर आउँदै गरेका रोल्पाको रुन्टीगढि गाउँपालिका–६ सालवाङका ५६ वर्षीय गोठे बुढा लुटिए । गोठे बुढा साँझको ६ः३० बजेको समयमा रुन्टीगढि गाउँपालिका–६ भन्ज्याङ खोलामा लुटिएका हुन् ।
गोठे बुढालाई चिनेकै स्थानीय ईश्वर बस्नेतले लुटर भागेका थिए । २४ वर्षीय ईश्वरले गोठे बुढाको ५ हजार रुपैयाँ नगद हातमा लगाएको घडी लुटेको प्रहरीले जनाएको छ ।
गोठे बुढालाई लुटपाट गरेका उनै ईश्वरको १७ गते बिहान १० बजेको मृत्यु भएको छ । ५ हजार र घडी लुटपाट गर्दा ईश्वर बस्नेतले ज्यान गुमाउनुपरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर शंकर खड्काले बताए ।
१४ जनाको समूहको कुटपिटपछि बस्नेतको ज्यान गएको खड्काको भनाइ छ । बस्नेतको हत्यामा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लुटिएपछि गाउँलेलाई खबर गरे गोठे बुढाले
आफू लुटिएपछि गोठे बुढाले स्थानीयलाई खबर गरे । बुढाले स्थानीयलाई सबै घटना बताएपछि १४ जना शनिबार राति १ बजे बस्नेतको घर गए । स्थानीय आएको थहा पाएलगत्तै ईश्वर भाग्नको लागि झ्यालबाट हाम फाले ।
सोही क्रममा उनी घाइते भए । घाइते अवस्थामा रहेका ईश्वरलाई झनै स्थानीय (१४ जनाको समूह) ले कुटपिट गरे । अवस्था गम्भीर भएपछि तत्कालै ईश्वरलाई स्वास्थ्य चौकी डुबृङ लगियो ।
त्यहाँ उपचार सम्भव नहुने देखिएपछि दाङ लग्दै गर्दै ईश्वरको भन्ज्याङ खोलामा मृत्यु भएको प्रवक्ता खड्काले बताए । ईश्वरको मृत्यु भएको खबर शनिबार बिहान १० बजे पाएको र खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको खड्काले बताए ।
प्रहरीले घटनाबारे थाहा पाएलगत्तै घटनामा संलग्न ६ जनालाई सुरुमा नियन्त्रणमा लिएको थियो । फरार ८ जना शनिबार ४ बजेको समयमा भन्ज्याङ खोलामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको उनले बताए ।
पक्राउ पर्नेहरुको नामावली (रुन्टीगढि गाउँपालिका–६ सालवाङका स्थानीय हुन् सबै ।)
१. बर्ष ३९ को भिम बहादुर बस्नेत
२. बर्ष ३३ को झुपलाल बुढा
३. बर्ष ३९ को प्रेम बहादुर बुढाथोकी
४. बर्ष ३५ को चेतलाल साहु
५. बर्ष ३९ को चन्द्रलाल रोका
६. वर्ष २८ को दिल बहादुर रोका
७. बर्ष २२ को टोपेन्द्र साहु रोका
८. बर्ष ३१ को धनसिंह बुढाथोकी रोका
९. बर्ष २४ को कमल बस्नेत
१०. बर्ष १८ को प्रकाश बुढा
११. बर्ष २० को ठगेन्द्र बुढा
१२. बर्ष २० को प्रेम बुढा
१३. बर्ष २५ को तिल बहादुर चलाउने
१४ बर्ष ३५ को हिरा बहादुर बुढाथोकी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’