शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशीहरु नेपाललाई सिक्किमीकरण गर्नेतर्फ लागिरहेका छन् : चित्रबहादुर केसी

शनिबार, १७ साउन २०७७, १८ : ४०
शनिबार, १७ साउन २०७७

काठमाडौं । पूर्वउपप्रधान मन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशी विदेशी शक्तिहरु  नेपाललाई सिक्किमीकरण  गर्ने  तर्फ लागिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा संवाद क्लव नेपालद्वारा आयोजित अन्तर संवाद  कार्यक्रममा नेता केसीले संघीयता नेपालमा सफल नहुने बताए ।

उनले भने, “बिदेशीले  नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई  खेलाइरहेका छन ।  नेपालमा जति बेला संघीयता सफल हुन्छ  । जुन बेला सार्वभौम सत्ता समाप्त हुन्छ । बिदेशीहरु नेपाललाई सिक्किमीकरण गर्ने तर्फ  लागीरहेका छन् ।  बिदेशीहरुले नेपाललाई  क्रिडास्थल बनाउन खोजिहरेका छन् । व्यवस्था खराव होइन,  व्यवस्थाको संचालन गर्ने पात्रहरु खराव भए । शासकहरुले ठीसँग शासन गर्न सकेका छैनन् ।  गणतन्त्रको नाम लिएर ,समाजवादको नाम लिएर  साम्यवादको कुरा लिएर उनीहरुले जनतालाई भ्रममा पारिरहेका छन् ।  सत्तामा बस्नेहरु  आफनो स्वार्थ बाहेक अरु केही हेर्न सकेका छैनन् । उनीहरु सत्तामा बसिरहन चाहान्छन् ।”

नेता केसीले ठूला दलहरुले राजनीतिलाई ब्यापार बनाएको गुनासो पोखे । उनले भने, “राजनीति भनेको समाज सेवा हो । तर ठूला दलका नेताहरुले राजनीतिलाई ब्यापार बनाए । जसको कारण देश उभो लाग्न सकेन । नेता मात्र उभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले  ठूला ठूला महल बनाए । मैले देखिरहेको छु ।  राजनीतिको नाममा लुटपात भइरहेको छ ।  राजनीति भनेको  देश र जनताका लागि गर्ने हो ।  राजनीति ब्यापार होइन भूमाफिया तस्करहरुको घेरामा छन् ठूला दलका नेताहरु । भाग बण्डाको राजनीति भएको छ ।”


यो देश र ब्यवस्था असफल हुन थालेको गणतन्त्र र धर्मनिरपेक्षताका कारणले नभएको नेता केसीले स्पस्ट पारे । उनले भने, “यो देश असफल हुन थालेको गणतन्त्र र धर्मनिरपेक्षताका कारणले होइन ,  नेपालका राजनीतिक दलका नेताहरुका कारणले हो ।” 

उनले फेरी दोहोर्याएर उनले भने,  “मुलुकले संघीता धान्न सक्दैन । यो कुरा हामीले देखिरहेका छांै ।  केन्द्र र प्रदेशबीच लडाई छ ।  प्रजातान्त्रिक बिकेन्द्रीकृत गरेर स्थानीय तहलाई  बलियो बनाएर राखनुपर्छ । जनतालाई तल अधिकार दिनुपर्छ । तर  हाम्रो जस्तो यति सानो  देशमा संघीयता आवश्यकता छैन ।” 

सत्तारुढ दल नेकपाभित्र पछिल्लो पटक देखिएको बिवादका बिषयमा नेता केसीले पार्टी भावनात्मक रुपमा एकता नभएको दावी गरे ।

उनले भने, “प्रचण्ड पार्टी फुटाल्दै   फुटाल्दै यहाँसम्म आएका हुन् । मूल कुरा के हो भने  पार्टी, पार्टी जस्तो भएर  चलेकै छैन ।  यो पार्टी  भावनात्मक रुपमा एकता नै भएको छैन ।  दुई जना अध्यक्षको मिलोमतोमा  मिलेको पार्टी लामो समय टिक्ने छैन ।  पार्टी एकताको प्रक्रिया नै मिलेको छैन ।  यो पार्टी जोडिएकै छैन ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप