शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन सन्तानसँगै ज्यान गुमाएकी विनाको दाइलाई राखी बाँध्ने र श्रीमानलाई फोन गर्ने सपाना रह्यो अधुरै

शनिबार, १७ साउन २०७७, १९ : ५०
शनिबार, १७ साउन २०७७

गुल्मी । गुल्मीको वम्घा वोटेमाझी गाउँकी  ३० वर्षीया विना वोटेमाझी टिभी हेरेर मनोरञ्जन लिँदै थिइन् । छिमेकी प्रेमबहादुर घर्तीको घरमा उनी हरेक दिन टेलिभिजन हेरेर बस्ने र राति १० बजेतिर आफ्नो घर जाने गर्दर्थिन् ।  

‘शुक्रबार विहान ९ बजेरि हाम्रो घरमा आएकी  थिइन् । साँझ साढे ६ बजेतिर हामी सबै जनासँगै बसेर चिया पियौंं । अघि पछि १० बजेतिर टिभी हेरेर घर जाने मान्छे त्यस दिन  साढै ६ बजेतिरै घर जान्छु खान पकाउन भन्दै हिडेकी हुन्,’प्रेमबहादुर घर्तीले भने ।

उनका अनुसार घरभित्र पसेको १५ मिनेट नपुग्दै माथिबाट ठुलै  ढुङ्ग खस्यो । 

घर्तीले भने, ’पहिला अली परको टुनी र पिपलको वोटमा खस्यो र हाँगा भाँच्दै  मेरो ट्यालमा खसेर भत्काइदियो । मैले हेरि राखेको थिएँ । त्यहाँबाट  खसेको ढुङ्गा उनीहरुको छानमा गएर बज्रियो । टिनको छाना उछिट्टिएर धेरै तल खेत सम्म पुग्यो । हाम्फालेर म उनीहरुको अवस्था बुझ्न जाँदा उनीहरुको  स्वास्वास प्रश्वास केही सुनिन् । उनकी १० महिनाकी छोरी आमाको स्तन चुसेकै अवस्थामा देखेको थिएँ । चारै जना आमा छोरा छोरीको शव एकै ठाउँ थियो  । त्यसपछि मैले वडाध्यक्ष सहितका साथीहरुलाई खबर गरेको हुँ ।’

‘साँझ चियाँ पिउने बेलामा रक्षा वन्धन कहिले हो भेली खैरेनी पात्रो हेराउन जान्छु र दाइ (प्रेमबहादुर घर्ती) लाई राखी बान्धिन्छु भन्दै थिइन्’, घर्तीकी श्रीमति देविकुमारी  घर्तीले भनिन् त्यही रह्यो  सम्झना भयो ।’

दुई छोराहरुलाई हिडाल्दै र आफुले छोरीलाई स्तनपान गराउँदै घर हिडेकी विना वोटेमाझीले भारतमा रहेका श्रीमान राजु वोटेमाझीलाई  फोन गर्नका लागि त्यस दिन संधैभन्दा चाँडै घर हिडेको थिइन् । दुर्भाग्यवस उनले फोन गर्न पनि पाइनन् ।

एक वर्षअघि भारत हिडेका श्रीमानसँग १० वर्ष अघि उनले प्रेम विवाह गरेकी थिइन् । पहिलो सन्तानका रुपमा छोरा सागर, ७ वर्षीय अर्का छोरा हेमन्त र १० महिनाकी छोरी विनितासहित चारै आमा छोरा छोरीको ढुङ्गा घरमा खसेर एकै ठाउँ ज्यान गयो ।

यसै वर्ष छोरी जन्मेकी । यसै वर्ष मात्रै नेपाल सरकारको जनता आवास कार्यक्रम अन्तर्गत नयाँ घर बनेकोले  निकै खुशी थिए उनीहरु ।  त्यसै नयाँ घरमा ढुङ्गा बज्रियो  र बाबुबाहेक सबैले संसार छोड्नु पर्यो ।

उनीहरुको घरभन्दा २ सय मिटरमाथि गत वर्ष मोटरबाटो खनिएको थियो । त्यस मोटरबाटाको छेउँमा १० फिट लम्वाई , ८ फिट चौडाई र ४ फिट उचाई भएको ढुङ्गा बज्रिदा उक्त घटना घटेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता डिएसपी केदरराज  पन्तको भनाइ छ ।  

उनले डोजर चलाउने क्रममा उक्त ढुङ्गा छेउँमा लगेर राखेको पाइएकोले उक्त घटना घटेको  बताए । तर रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष हरि ज्ञवालीले भने त्यो ढुङ्गा मोटर बाटो खन्दाको नभई पहिलै देखिरहेको दावी गरे ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भने, ‘म त्यहाँ पुगेर आई पुगे । मोटरबाटाको कारण उक्त घटना  घटेको मैले पाईन् ।  अविरल बर्षाले ढुङ्गा तलको माटो बग्यो र पल्टियो भन्ने देखिन्छ ।’कतिपय स्थानीयले भने त्यस तर्फबाट नखन्नु पर्ने मोटरबाटो खने कै कारण त्यो परिवारको ज्यान गएको आरोप लगाएका छन् ।

बलेटक्सारदेखि उर्लिखोला  जोड्ने उक्त सडक रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिको घरतर्फ लैजाने गरि खनिएको बताइन्छ ।  वडाध्यक्ष ज्ञवालीका अनुसार भारतमा रहेका श्रीमान त्यहाँबाट घर हिडेका छन् ।

चारै जना आमा छोरा छोरीको शनिवार एकै साथ अन्त्यष्टि गरिएको छ ।  वोटेमाझी गाउँ शोकमग्नसँगै त्रसित बनेको छ ।  ढुङ्गा बज्रिदा घर भत्किएको र घरका दारपातले किचेर चारै जनाको ज्यान गएको स्थानीय समाज सेवी नारायण पौड्याल बताए ।

यस घटनाप्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, काँग्रेस नेता चन्द्र भण्डारी र प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन् । जिल्लाका सबै राजनैतिक दलका प्रमुखदेखि कार्यकर्ता स्तर सम्म शनिवार घटना स्थलमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप