पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
शनिबार, १७ साउन २०७७, २० : २१
पर्सा । वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ ।
ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी अर्की एक ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा.रज सिंहले जानकारी दिए ।
उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो उनलाई बयोधा अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए ।
शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा। सिंहले जानकारी दिए ।
यो सँगै पर्सा जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ