कक्षा ९ मा अध्ययनरत साक्षात पन्तले गाए जातीय विभेदविरुद्धको र्याप गीत
काठमाडौँ । ललितपुरस्थित ज्ञानोदय बालबाटिकामा कक्षा ९ मा अध्यनरत १४ वर्षीय साक्षात पन्तले गाएको जातीय विभेदविरुद्ध र्याप गीत सार्वजनिक भएको छ ।
उनको आफनै शब्दमा रहेको म्युजिक भिडियो उनले आफनै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
समाजमा भइरहेको जातीय विभेदविरुद्धको आवाजको रुपमा उनले यो गीत गाएका हुन् । जाजरकोटका नवराज विक र उनका साथीहरुलाई गैर दलितले मारेको घटनालाई लिएर आफूलाई भित्रैबाट छोएको र यो अधिकारको विषय हो भन्ने लागेर आफूले गीत लेखेको साक्षातले बताए ।
उनले भने, 'मलाई नवराज र उनका साथीहरुलाई मारेको कुराले एकदमै छोयो । सबैजना बराबर हौं तर किन यस्तो विभेद हुन्छ भन्ने मनमा आयो र त्यही कुरालाई शब्दमा उतारेको हुँ । गीत नै बन्ला भनेर पनि मैले लेखेको होइन । यो मेरो मनको भाव मात्र हो ।’
पन्तको गीत एक दलित युवकविरुद्ध तथा कथित उच्च जातीका मानिसहरुले गरेको क्रुरताको कल्पना हो । गत जेठमा रुकुम पश्चिमका कथित उच्च जातीका मानिसहरुद्धारा मारिएका जाजरकोटका युवा नवराज विकबाट प्रेरित पन्तको म्युजिक भिडियो आफनो अधिकार पुन प्राप्तिका लागि प्रयासरत युवाको परिचय बाट शुरु हुन्छ ।
‘तर, म दलित’ म्यूजिक भिडियोमा कोरस गायकका रुपमा उनलाई साथ दिएकी छिन् अदिती अधिकारीले । अमन प्रधानले गीतको कोरस कम्पोज गरेका हुन् भने संगीत संयोजन र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका हुन् ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ