शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शनिबार, १७ साउन २०७७, २० : ५१
शनिबार, १७ साउन २०७७

काठमाडौँ । नेपाल अयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  

शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । 

निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप