न्यूयोर्कका विद्यालय तत्काल नखुल्ने
शनिबार, १७ साउन २०७७, २२ : ३६
एजेन्सी । अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन् । “विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन,” न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले भने ।
उनले भने, “कोभिड–१९ सङ्क्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुँदासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न सकिँदैन ।” शैक्षिक सत्र २०२०÷०२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकहरूसँगको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल