बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको अधिपत्य तोड्दै इमोबिलेलाई ‘युरोपियन गोल्डन शु’

आइतबार, १८ साउन २०७७, ११ : ११
आइतबार, १८ साउन २०७७

लाजियोका स्ट्राइकर सिरो इमोबिलेले सर्वाधिक गोलकर्तालाई दिइने सिरिए ए को गोल्डन बुट र युरोपियन गोल्डन शु जित्न सफल भएका छन् । इमोबिलेले इटालीको शीर्ष लिगमा गोन्जालो हिग्वाइनले एकै सिजनमा सर्वाधिक ३६ गोल गरेको कीर्तिमान पनि बराबर गर्न सफल भएका छन् ।

नापोलीसँग ३–१ को पराजय ब्यहोर्ने क्रममा ३० वर्षीय खेलाडीले गोल गर्दै उक्त कीर्तिमान बराबरी गर्न सफल भए । फाबियन रुइजले नापोलीलाई अग्रता दिलाएपछि लाजियोका लागि इमोबिलेले बराबरी गोल फर्काएका थिए । तर, लोरेन्जो इन्सिग्ने र माटेयो पोलिटानोले गोल गर्दै नापोलीलाई जित दिलाए ।

उता, युभेन्टसले अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम दिएको थियो । उनले यो सिजन ३१ गोल गर्न सफल भए । २३ गोलसहित तेस्रो स्थानमा इन्टर मिलानका रोमेलु लुकाकु रहे ।

युरोपका शीर्ष लिगमध्येका सर्वाधिक गोलकर्तालाई युरोपियन गोल्डन शुको अवार्ड दिइन्छ । यो सिजन इमोबिलेपछि बायर्न म्युनिखका रोबर्ड लेवान्डोस्की दोस्रो र रोनाल्डो तेस्रो स्थानमा रहे ।

यता, इटालियन सिरिए ए मा उनको यो तेस्रो गोल्डन बुट हो । उनले यसअघि सन् २०१३–१४ र सन् २०१७–१८ मा पनि यो उपाधि हात पारेका थिए ।

सन् २००६–०७ सिजनमा रोमाका लागि फ्रान्सिक्सको टोटीले गोल्डन शु जिते यता स्पेनिस ला लिगाको कुनै खेलाडीले यो नजितेको या संयुक्तरुपमा हात नपारेको यो पहिलो अवसर हो ।

बार्सिलोनाका लियोनेल मेस्सीले पछिल्ला तीन सिजन यसमाथि कब्जा जमाउँदै आएका थिए । यस सिजन २५ गोल गरेका उनी लिगका सर्वाधिक गोलकर्ता भने बन्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप