बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झरनाको पानी किन सेतो देखिन्छ ?

आइतबार, १८ साउन २०७७, १४ : २१
आइतबार, १८ साउन २०७७

झरनाको पानी सामान्यतः सेतो देखिन्छ । हाम्रो मनमा जिज्ञासा उठ्न सक्छ : पारदर्शी हुने पानी झरनाबाट बग्दा चाहिँ किन सेतो देखिन्छ होला ?
यसका पछाडि वैज्ञानिक कारण लुकेको हुन्छ ।

 कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तु देख्ने गर्छौँ । त्यसै गरी पानीबाट पनि सूर्यको प्रकाश ठोकिएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ । जस्तो सूर्यको प्रकाश आउँछ त्यसरी नै त्यो फर्कने गर्छ । त्यसैले त्यो बिना रड्डको देखिन्छ । तर झरनाबाट झरेको पानी भने विभिन्न थोपाहरुमा टुक्रिने गर्छन् । यसरी टुक्रेका पानीका थोपाहरुले प्रकाशलाई विभिन्न कोणमा परिवर्तित गर्ने गर्छ । त्यही भएर तिनीहरु सेता देखिने गर्छ । सूर्यको प्रकाश विभिन्न कोणमा बाँड्डिएर हाम्रो आँखामा प¥यो भने सेतो रड्डको देखिन्छ ।

 यो कुरा ऐनामा पनि लागु हुन्छ । चिल्लो सतह भएको ऐना रड्डहिन देखिन्छ । तर त्यही ऐनाको सतहलाई खस्रो बनाउने हो भने त्यहाँबाट पनि प्रकाश विभिन्न कोणमा बाँड्डिएर फर्कने भएको हुँदा त्यो सेतो देखिन्छ ।

 त्यसै गरी बाँदल र हुस्सुमा पनि पानीका विभिन्न थोपाहरु हुन्छन् । त्यसैले बाँदल र हुस्सु पनि सेतै देखिन्छन् ।

Title Photo: https://media.nationalgeographic.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप