शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तेजविलासको हाइकु संग्रह ‘उच्छलन’ प्रकाशित

आइतबार, १८ साउन २०७७, १५ : २१
आइतबार, १८ साउन २०७७

काठमाडौं । साहित्यकार उपप्राध्यापक तेजविलास अधिकारीले लेखेको हाइकु संग्रह ‘उच्छलन’ प्रकाशित भएको छ । नेपाली समाजभित्र रहेका विकृति, विसंगति, बेथिति, भ्रष्टाचार लगायत समसामयिक राजनीति, समाज, प्रकृति, राष्ट्रप्रेम तथा सीमान्तकृत समूदायको भावना समेटिएका हाइकु संग्रहमा संग्रहित छन् । 

संग्रहमा रहेका अधिकांश हाइकुले मानव, समाज, प्रकति, राजनीति लगायतका पाटालाई कलात्मक रुपमा चित्रण गरेको पाइन्छ । तार्किक र मननयोग्य तरिकाले लेखिएका हाइकुले नेपाली समाजको गति र दिशालाई समेत उधिनेको पाइन्छ । साथै समाजको रुप र त्यसको मनोविज्ञानलाई अधिकारीले सटिक रुपमा हाइकुमार्फत बाहिर ल्याएका छन् ।   

समाजभित्रका विभिन्न परिवेशले आफूलाई हाइकु लेख्न अभिप्रेरित गरेको हाइकुकार तेजविलास अधिकारीले बताए । उनले भने, ‘समसामयिक परिदृश्य र त्यसको समाजमा परेको प्रतिछायाँ हाइकुका विषय बनेर आएका छन् । समग्र भन्नुपर्दा संग्रहमा नेपाली समाजको चित्रलाई उधिन्ने कोशिस गरिएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप