बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सहुलियतपूर्ण कर्जाका लागि कामना सेवा विकास बैंक र अल पसल पब्लिक बीच व्यावसायिक समझदारी

आइतबार, १८ साउन २०७७, १८ : १५
आइतबार, १८ साउन २०७७

काठमाडौं । कामना सेवा विकास बैंक र अल पसल पब्लिक बीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिकका अध्यक्ष झविन्द्र पन्थीले हस्ताक्षर गरेका छन् ।

यस समझदारीअन्तर्गत बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिकमा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा समाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप