रौतहट मा करेन्ट लागेर एक युवकको मृत्यु
आइतबार, १८ साउन २०७७, १९ : १५
रौतहट । रौतहटको राजदेवी नगरपालिकामा एकजना युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
राजदेवी वडा नं ८ लक्ष्मीपुर टोल निवासी रामलक्षण राय यादवको अंदाजी १७ वर्षीय छोरा दिलबन्दु यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफनै घरको हैण्डपाईमा जोडिएको मोटरमा बिधुतीय करेन्ट प्रवाह भएको थियो ।
पानी थाप्ने क्रममा आज बेलुका ५ बजेको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको र घटना बारे अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन