बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जर्मनीमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध विशाल प्रदर्शन

आइतबार, १८ साउन २०७७, २३ : ००
आइतबार, १८ साउन २०७७

एजेन्सी । जर्मनीमा कोरोना महामारीविरुद्ध सरकारले लगाएको प्रतिबन्धका विरुद्ध विशाल प्रदर्शन भएको छ । सरकारको सो कदमविरुद्ध राजधानी बर्लिनमा शनिबार विशाल प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले सो विरोधलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले सरकारले कोरोना महामारीमा मास्क लगाउन अनिवार्य गर्नु र अनुहार ढाकेर हिँड्न वाध्य पारिनु मानवअधिकार हनन् भएको आरोप लगाएका छन् ।

शनिबार बर्लिनको ब्राडेनबर्ग गेट नजिकै हज्जारौं व्यक्तिहरुले प्रदर्शन गरेका थिए । यद्यपि, आन्दोलन भने शान्तिपूर्ण थियो भने केही व्यक्तिले मास्क लगाएर सामाजिक दूरी कायम गरिएको पनि देखिन्थ्यो । प्रर्दशनमा केही व्यक्तिले महात्मा गान्धीको विशाल तस्बिर समेत बोकेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप