शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल –लक्जेम्बर्ग कल्याणकारी संस्थाले चौथो वार्षिकोत्सव मनायो

मङ्गलबार, २७ भदौ २०७४, ११ : ३१
मङ्गलबार, २७ भदौ २०७४

काठमाडाैं-नेपाल –लक्जेम्बर्ग कल्याणकारी संस्थाले चौथो वार्षिकोत्सव मनाएको छ । परोपकारी कार्यका लागि स्थापित संस्थाले नेपालमा राहत कार्यमा सहयोग पु–याउदै आएको छ । 
बेल्जीयम , नेदरल्याण्ड र लक्जेम्बर्गका लागि नेपाली राजदुत लोक बहादुर थापाको उपस्थीतिमा संस्थाले चोथौ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा स्थानीय कलाकारले मनोरञ्जन प्रदान गरेका थिए । लोक दोहरी प्रतिष्ठान युरोप महाशाखाका अध्यक्ष सुमी सापकोटाले सहभागिहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरज्जन प्रदान गरेका थिए । 
४८ सदस्यीय लोक कल्याणकारी संस्थाले हरेक महिना १० युरो संकलन गरि नेपालमा राहत कार्यमा सहयोग गरिएको संस्थामा आवद्ध खिमलाल पन्थीले त्यहांबाट जानकारी गराएका छन् । 
संस्थाले गुल्मि , बागलुङ नवलपरासी र चितवनका अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेको पन्थीले जानकारी गराए । श्रावण २७ मा आएको वर्षाका कारण पिडित भएकाहरुका लागि दुई लाख सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ । 
कार्यक्रममा राजदुत लोक बहादुर  थापा , युरोप भ्रमणमा रहेकी एमाले नेतृ रामकुमारी झांक्री, खिमलाल पन्थी र एनआरएन लक्जेम्वर्गका उपाध्यक्ष रमाकान्त सापकोटाले आफ्नो मन्तव्य राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप