बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्नाटकका मुख्यमन्त्री पछि उनकी छोरी पनि कोरोना पोजेटिभ

सोमबार, १९ साउन २०७७, १० : ०६
सोमबार, १९ साउन २०७७

कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पापछि अब उनकी छोरी पनि कोरोना पोजेटिभ पाइएकी छिन् ।

समाचार एजेन्सीका एएनआईले बेंगलुरुको मनिपाल अस्पताललाई उद्धृत गर्दै उनलाई पनि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

७७ वर्षीय येदियुरप्पा पनि मनिपाल अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालका अनुसार उनको स्वास्थ्यस्थिती स्थिर छ र उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको  छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप