बलिउड नायिका मिनिषा लाम्बाले गरिन् सम्बन्धविच्छेद
बलिउड नायिका मिनिषा लाम्बाले रेष्टुरेन्ट व्यावसायी श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन् । यी दुई अलग्गिएको खबर सन् २०१८ मा नै सार्वजनिक भएको थियो तर यसबारे मिनिषाले कसैसँग कुरा गर्न अस्विकार गरेकी थिइन् । तर अब मिनिषाले यसबारे मुख खोल्दै आफू कानूनी रुपमा नै रायनसँग अलग भइसकेको जानकारी दिएकी छिन् ।
भारतीय सञ्चार माध्यम इटाइम्ससँगको कुराकानीमा मिनिषा लाम्बाले आफूहरु अलग भइसकेको र कानूनी प्रक्रिया पनि पूरा भइसकेको बताएक छिन् ।
स्मरण रहोस्, मिनिषा र रायनको सन् २०१३ मा भेट भएको थियो । यी दुईको भेट एउटा नाइट क्लबमा भएको थियो । दुई वर्ष सम्बन्धमा रहेपछि यी दुईले सन् २०१५ को जुलाई ६ मा विवाह गरेका थिए ।
मिनिषा लाम्बा ‘यहां’ (२००५), ‘हनिमून ट्राभलस प्राइभेट लिमिटेड’ (२००७), ‘दस कहानियां’ (२००७), ‘किडन्याप’ (२००८), ‘बचना–ऐ–हसिनों’ (२००८), ‘वेल डन अब्बा’ (२००९), ‘भेजा फ्राई’ (२०११) र टिभी सिरियल ‘इन्टरनेट वाला लव’ (२०१८) मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ