शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुघाखोकी ज्वरोले वडाध्यक्षको मृत्यु, स्वाब संकलन गरिदै

सोमबार, १९ साउन २०७७, ११ : १०
सोमबार, १९ साउन २०७७

रौतहट । रुघाखोकी ज्वरोका कारण रौतहटमा एक जना वडाध्यक्षको मृत्यु भएको छ। भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिका –५ का वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको मृत्यु भएको हो ।

दुई सातादेखि रुधाखोकीसँगै ज्वरोसहित बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नर्सिङ होममा लैजादै गर्दा सोमबार बिहान बाटोमै  मृत्यु भएको उनका दाइ डाक्टर रामशंकर ठाकुरले जानकारी दिएका छन् । डाक्टर ठाकुर रौतहट नर्सिङ होमका सञ्चालक हुन् ।

उनमा कोरोनासंक्रमण हुनसक्ने आशंका गरिएको छ। तीन दिन अघि उनको आरडिटी चेक गर्दा भने नतिजा नेगेटिभ आएको थियो। मृतक वडाअध्यक्ष ठाकुरको शव ईशनाथ–५ जटहारा गाउँ घरमै राखिएको छ। उनको पीसीआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको मृतकका दाइ जिल्ला अस्पताल गौरका पूर्व मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर रामशंकर ठाकुरले जानकारी दिएका छन् । मृतकको थ्रोटस्वाव संकलनपछि मात्रै अन्तेष्टी गरिने  डाक्टर ठाकुरले बताएका छन ।

रौतहटमा कोरोनाभाइरस संक्रमणको कारण ३ जनाको मृत्यु भैसकेको छ । जिल्लामा कोरोना पोजेटिभ देखिएका १३ सय २९ मध्ये मात्र ७ जना पुरुष आइतबारसम्म आईसोलेसनमा उपचाररत रहेको सिडियो बाशुदेव घिमिरेले बताएका छन् । १३ सय २१ जना कोरोना जितेर घर फर्किसकेको सिडियो घिमिरेले जानकारी दिए । त्यसैगरी जिल्लाको विभिन्न क्वारेन्टाइनमा ६ महिला ४७ पुरुष गरी मात्र ५३ जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप