बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विध म्यानेजमेन्टले थाल्यो कोरोना परीक्षण : ४ घण्टामै रिपोर्ट, शुल्क ४ हजार

५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण
सोमबार, १९ साउन २०७७, १३ : ००
सोमबार, १९ साउन २०७७

काठमाडौं । विध म्यानेजमेन्ट प्रालिले अस्थायी कोभिड–१९ ल्याब सञ्चालनका लागि अनुमति पाएसँगै परीक्षणलाई तिव्रता दिएको छ । कोभिड–१९ बाट विश्व नै आक्रान्त भइरहेको बेला सरकारले निजी क्षेत्रको समेत सहभागितामा कोरोनाका पहिचानका लागि नमुना परीक्षण गर्ने निर्णय गरेअनुरुप म्यानेजमेन्टले गत साउन १३ गते ल्याब सञ्चालनको अनुमति पाएको थियो । 

विधको प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४२ सय भन्दा बढी रहेको छ भने सोमबारदेखि ४ हजार का दरले नमुना परीक्षण गर्न थालिएको  विध म्यानेजमेन्टका वि. के. भण्डारीले जानकारी दिए । सरकारले अनुमति दिएसँगै सुरुमा ४ हजार ५०० का दरले नमुना परीक्षण हुँदै आएकोमा सोमबारदेखि ४ हजारमा नै आरटी पीसीआर परीक्षण गर्न थालिएको भण्डारीको भनाइ छ । 

साथै यसअघि ५ घण्टामा तयार हुँदै आएको रिपोर्ट सेवा र सुविधाको प्रयोगलाई तीव्र बताउँदै ४ घण्टामै रिपोर्ट दिन सकिने पनि भण्डारीको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच विध म्यानेजमेन्ट ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो ।

ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलीमा कार्यरत ५० जनाको स्वाब संकलन गरेको हो । त्यसमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप