शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा कोरोनाका ४३ नयाँ संक्रमित भेटिए

सोमबार, १९ साउन २०७७, १३ : ०३
सोमबार, १९ साउन २०७७

चीनमा आइतबार कोरोनाभाइरसका ४३ नयाँ संक्रमित भेटिएका छन् । शनिबार यहाँ कोरोनाका ४९ नयाँ संक्रमित भेटिएको चीनको सरकारी स्वास्थ्य अधिकारीले सोमबार जानकारी दिए ।

राष्ट्रिय स्वास्थ्य आयोगले तीमध्ये ३६ वटा समुदाय स्तरमा नै फैलिएको जानकारी दिएको छ जसमा सिनजियाङका २८ जना रहेका छन् । अन्य सात संक्रमित भने विभिन्न देशको यात्राबाट फर्किएका थिए ।

चीनमा ११ जना बिना लक्षणको संक्रमित पनि फेला परेको छ । शनिबार यहाँ २० जना बिना लक्षणका संक्रमित भेटिएका थिए । चीनमा लक्षण बिनाका संक्रमितलाई लक्षण नदेखिएसम्म संक्रमितको सूचीमा राखिँदैन ।

यससँगै चीनमा हालसम्म ८४ हजार ४ सय २८ संक्रमित रहेका छन् भने यहाँ ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप