शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ जनामा कोरोना संक्रमण

सोमबार, १९ साउन २०७७, १३ : ०८
सोमबार, १९ साउन २०७७

मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित विराटनगरका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित पुष्टि हुनेहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् ।  त्यस्तै, विराटनगर ७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष तथा ६ का २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिए ।

कोशी अस्पतालमा कार्यरत २ जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा समेत संक्रमण पुष्टि भएसँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १३८ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप