सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । काठमाडौं, पर्सा र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पारी ३ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-७ कालोपुलस्थित बा.६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा चालक काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने दोलखा घर भएका ३० वर्षीय तसी शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी पर्साको धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलस्थित सडकमा बा.१२ प ७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-३ बिजवनिया बस्ने ३० वर्षीय कालु तिवारीको मृत्यु भएको छ । दुर्घटनामा घम्भीर घाइते भएका उनको उपचारको लागी पोखरिया अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी भोजपुरको आमचौक गाउँपालिका-३ हाँगातुङस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ त ५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार चालक दिसङला बस्ने २८ वर्षीय दिपक कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी बलंखामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा