सामसङको रेनिङ अफरः ग्यालेक्सी एस२० र एस२०प्लसमा २२ हजासम्म क्यासब्याक
काठमाडौं । सामसङले ग्यालेक्सी एस२० र एस२०प्लसमा आकर्षक क्यास ब्याक अफर प्रस्तुत गरेको छ ।
अब, ग्यालेक्सी एस२०प्लसको खरिद गर्दा ग्राहकहरुले तत्काल रु २२,००० क्यास ब्याक प्राप्त गर्नेछन् । त्यसैगरी ग्यालेक्सी एस२०को हकमा भने रु.१९,००० को क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
यस अवसरमा ग्राहकहरुले अफर मूल्यअन्तर्गत ग्यालेक्सी एस२०प्लसको १,०४,९९९ र ग्यालेक्सी एस२०को ९४,९९९ मा खरिद गर्न सक्नेछन् । यस अघि ग्यालेक्सी एस२०प्लसको खरिद मूल्य नेरु. १,२६,९९९ तथा ग्यालेक्सी एस२०को खरिद मूल्य १,१३,९९९ रहेको थियो ।
यो योजना अगस्ट १, २०२० देखि सिमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । यी फोनमा ६४ मेगा पिक्सलको क्यामरा, दुबै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुबै फोनमा ३०x सम्मको जुम रहेको छ ।
सिङ्गल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सहरुको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ, यसमा विभिन्न फर्म्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सकिन्छ । जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनःखिच्न आवश्यक हुँदैन ।
ग्यालेक्सी एस२० संसारको पहिलो त्यस्तो स्मार्टफोन हो जसबाट ८के भिडियो रेकडिङ्ग सकिन्छ । नयाँ क्यामराको संरचनाले ग्राहकलाई स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरसिपको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ । ग्यालेक्सी एस२०ले ८के क्वालिटीको फोटो खिच्न सकिन्छ ।
साथै यसबाट ८के क्वालिटिको भिडियो खिच्न सकिन्छ र जुन सामसङको क्यूएलइडी ८केमा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ । एस२० कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस२०प्लस विभिन्न तीन रंगहरु–कस्मिक ब्ल्ल्याक, कस्मिक ग्रे, क्लाउड ब्लुमा उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा