शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१७ दिनदेखि अनसनरत ईः अस्पताल भर्ना

सोमबार, १९ साउन २०७७, १४ : ३२
सोमबार, १९ साउन २०७७

काठमाडौं । विभिन्न माग राख्दै अनसनरत इनफ इज इनफ अभियानका ईः अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने लगायतका माग राख्दै बसन्तपुरमा १७ दिनयता अनसनरत उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । 

उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएको बताइएको थियो । यसअघि पनि उनीलगायत पाटनमा अनसन बसेको भएपनि स्वास्थ्य मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडिएको थियो । तर माग पूरा नभएपछि उनी फेरि अनसनमा बसेका हुन् । अभियानको अनसनमा विभिन्न राजनीतिक दलका नेताहरुले एक्वेबद्धता जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप