एसएमएल इसुजुको विशेष बचत प्याकेजः आम्दानी अगावै बचतको मौका
काठमाडौं । हालको कठिन समयमा हाम्रो आउँदो दिनहरुलाई सुरक्षित बनाउनको लागि वर्तमानको बचतले ठुलो टेवा पुर्याउनेछ ।
ग्राहकहरुको यस बचतमा साथ दिनको लागि लक्ष्मी कमर्सियल भेइकलको एसएमएल इसुजुले एक नयाँ विशेष बचत प्याकेजको सुरुवात गरेको छ । यस विशेष प्याकेजमार्फत ग्राहकहरुले आम्दानी गर्नु अगावै बचत गर्ने मौका पाउनेछन् ।
एसएमएल इसुजुको यस विशेष प्याकेजअन्तर्गत ग्राहकहरुले कमर्सियल भेहिकलको खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याज सहितको किस्तामा १००५ छुट पउनेछन् । उक्त छुट यस प्याकेजमा आबद्ध बैंक मार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागु हुनेछ ।
यस प्याकेजमार्फत ग्राहकहरुले आफुले खरिद गरेको कमर्सियल भेइकलबाट हुने आम्दानी अगावै बचत गर्न सक्नेछन् । यसका साथै ग्राहकहरुले निस्शुल्क १ वर्षको बीमा, निस्शुल्क १ वर्षको सडक कर, सरल फाइनान्स, स्पट एक्सचेञ्ज र ३ वर्षको वारेन्टी पाउनेछन् ।
लक्ष्मी कमर्सियल भेइकलले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक÷निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइ सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान