शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन फुड डेलिभरी गर्दै सजिलो मिल्स

सोमबार, १९ साउन २०७७, १४ : ५४
सोमबार, १९ साउन २०७७

काठमाडौं ।  व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा पुर्‍याउने उद्देश्यले सजिलो मिल्सले साउन२० गतेबाट आफ्नो कारोबार संचालन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा काठमाडौं भित्र संचालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाइअनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्‍याउने लक्ष्य लिएको छ। हाल सम्म ३५ वटा रेष्टुरेन्टसँग यस सम्बन्धी सम्झौता भइसकेको कम्पनीले जनाएको छ। 

दोस्रो चरणमा घरमा तैयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने कार्यक्रम बनाएको छ। घरमा तैयार हुने खानाको लागि उपत्यका भित्र पाँच/पाँच जनाको समूह बनाई पच्चिस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तैयार गरिने पनि जनाएको छ। 

उनीहरुलाई आवश्यक सामाग्रि, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी सृजना गरिने र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादनशिल बनाउने प्रयास गरिने कम्पनीले बताएको छ।

लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौं भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो। अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र ई–कमर्स विशेषज्ञ डा.सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकर/बीमा व्यवसायी रमेश कुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी सृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने विश्वास कम्पनीको छ ।


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप