शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैङ्किङ सेवाको शुरुवात

सोमबार, १९ साउन २०७७, १६ : १७
सोमबार, १९ साउन २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १, साधुटारर खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहित बैङ्किङ सेवाको शुरुवात गरेको हो । यी दुई शाखारहित बैङ्किङ सेवा सहित बैंकको शाखारहित बैङ्किङ सेवा संख्या २०३ पुगेको छ ।  

शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैङ्किङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैङ्किङ सेवा शुरु गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप