रुपन्देहीमा २ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा सोमबार एक जनाको माछा पोखरीमा डुबेर र एक जनाको कुलोले बगाएर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अनुुसार तिलोत्तमा नगरपालिका आज दिउसो माछालाई दाना दिने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ। भने सोही नगरपालिका कुलोले बगाएर एक बालकको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–६ पूर्वपौनीका ४६ वर्षीय रामबहादुर चौधरी आफ्नै माछापोखरीमा माछालाई दाना दिने क्रममा पोखरीमा डुबेका थिए। पोखरीमा डुबेका उनलाई घरपरिवार र छिमेकीको सहयोगमा निकालेर उपचारका लागि अस्पताल लगिएको थियो।
मणिग्रामको क्रिमसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।यस्तै तिलोत्तमा नगरपालिका ५ कैलाश पथका ४ वर्षीय आर्यन परियार खेल्ने क्रममा कुलोले बगाउँदा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले पवर्त घर भई तिलोत्तमा–५ मा भाडामा बस्ने किसान परियार र धनशरी परियारका छोरा आर्यनलाई कुलोले बगाउँदा मृत्यु भएको बताए ।
घर पछाडिको कुलोले बगाएकोे अवस्थामा स्थानीयले देखेर उद्दार गरेका थिए । उद्दार गरेर उपचारका लागि मणिग्रामस्थित क्रिमशन अस्पतालमा लगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ