शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रष्टाचारको मुद्दामा मुछिएपछि स्पेनका पूर्वराजाले देश छाडे

मङ्गलबार, २० साउन २०७७, ११ : ३३
मङ्गलबार, २० साउन २०७७

सम्भावित भ्रष्टाचारको अनुसन्धानमा मुछिएपछि स्पेनका पूर्वराजा हुवान कार्लोसले देश छाड्ने निर्णय गरेको राजदरवारले जनाएको छ । ८२ वर्षीय कार्लोसले आफ्नो छोरा राजा फिलिपेलाई पत्र लेख्दै यसबारे जानकारी दिएका हुन् । यद्यपि, आवश्यक परे अनुसन्धानमा बयानका लागि उपस्थित हुने उनले बताएका छन् ।

गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरबमा द्रूत गतिको रेलको करारमा भएको भ्रष्टाचारमा कार्लोसको सहभागिताबारे अनुसन्धान शुरु गरेको थियो । स्पेन छाडेर कार्लोस कहाँ जानेछन् भन्ने खुलाइएको छैन । तर, स्पेनिस प्रेसका अनुसार उनी अहिले देशमा छैनन् ।

सन् १९७५ मा जेनरल फ्राङ्कोको निधनपछि स्पेनलाई तानशाहबाट प्रजातन्त्रमा सफलतापूर्वक रुपान्तरण गरेका राजाले यसरी देश छाडेर जानुलाई अपमानजनक निकासका रुपमा व्याख्या गरिएको छ ।

४० वर्ष राजाका रुपमा शासन गरेका उनले सन् २०१४ मा राजगद्दी त्याग गरेका थिए । त्यतिबेला उनको छोरीको पति भ्रष्टाचार मामिलामा मुछिएका थिए । कार्लोस भव्य जीवनशैलीका लागि आलोचित रहेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप