बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विशालको फिल्ममा आर्यन

मङ्गलबार, २० साउन २०७७, १२ : १०
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । अभिनेता आर्यन सिग्देल पछिल्लो समय फुर्सदिलो छन् । गत वर्ष ‘चच हुईं’ फिल्म दिएका आर्यन त्यसपछि कुनैपनि फिल्ममा अनुबन्धित भएका छैनन् । अहिले भने आर्यनको नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनी ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले निर्माण गर्न लागेको नयाँ फिल्ममा देखिन लागेका हुन् ।

फिल्मको नाम भने अहिले सार्वजनिक गरिएको छैन । फिल्मको लेखन समेत निर्देशक विशालकै रहेको छ ।हुन त केही दिनयता आर्यन र विशाल पोखरामा छन् । फिल्म छायाँकनका लागि लोकेसन हेर्न आफूहरु पोखरा आएको निर्देशक विशालले बताए ।

फिल्मको अहिले अन्य कलाकार छनोट र छायाँकन तयारी भइरहेको छ । कोरोनाको कहर सामान्य भएपछि फिल्म छायाँकमा जाने गरेर आफूहरु तयारीमा लागेको विशालले सुनाए ।
केही पहिले विशालले हिन्दी फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बनाउने बताएका थिए । ठुलो बजेट लाग्ने यो फिल्म कोरोनाको कहरका कारण तत्काल बनाउन सम्भव नभएकोले नयाँ प्रोजेटको तयारी आफूले गरेको विशालको भनाइ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप