प्रदेश २ मा १४ जना नेपाली सेनासहित थप ३६ जनामा कोरोना संक्रमण
जनकपुर । प्रदेश नम्बर २ मा १४ जना नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर २ का विभिन्न जिल्लामा गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो । ३६ जना थपिएसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका प्रकौलीस्थित रणभीम गणमा रहेका १४ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसअघि पनि सोही गणमा कार्यरत्त १० जना नेपाली सेनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका घर भइ अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका ३२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै जनकपुरधामको माछापुच्छे« बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । बैंकमा कार्यरत २९ वर्षीया एक महिला, ३० र ३१ वर्षका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । केहीदिन अघि यसै बैंकका १ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ४ र १५ का २३ देखि ४४ वर्ष उमेरका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । धनुषाकै सबैला नगरपालिका वडा नम्बर ७, धनौजी गाउँपालिका, विदेह नगरपालिका र जनस्वास्थ्य कार्यालयका १ तथा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
त्यसैगरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ का ७, सिरहाका औरही गाउपालिका वडा नम्बर ९ का १ र सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर १ का एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ