लगानी बोर्डमा सुशील भट्टको नियुक्तिका विषयमा ओली र प्रचण्डबीच चर्काचर्की
काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको हो । ‘ओली स्थायी कमिटी बैठक राख्न तयार भएनन्, हामीले स्थायी कमिटी बैठकबाट समाधान खोजौँ भन्ने अडान छाडेनौ’, बैठकमा सहभागी एक नेताले भने, ‘त्यही भएर वार्ता सकारात्मक र सहमति हुन सकेन ।’
वार्ता सहमतितर्फ नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए । सहभागी अर्का एक नेताकाअनुसार सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए ।
विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही