शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिट्टामोडमा रोकिएका महन्त जटहीबाट अयोध्या गए

मङ्गलबार, २० साउन २०७७, २० : ०६
मङ्गलबार, २० साउन २०७७

जनकपुर । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव धनुषाको जटही नाका हुदैँ अयोध्या गएका छन् । मंगलबार महोत्तरीको भिठ्ठामोडस्थित सीमा नाकाबाट अयोध्या जान नेपाल प्रहरीले रोकेपछि उनी जटही नाका हुदैँ अयोध्यातर्फ प्रस्थान गरेका हुन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पासको व्यवस्था मिलाएपनि महन्तलाई भिठ्ठामोडमा प्रहरीले रोकेको थियो । महन्त दास भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको शिलान्यास कार्यक्रममा सरिक हुन गएका हुन् । अयोध्यामा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको शिलान्यास गर्दैछन् । सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सरिक हुने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा विशिष्ठ अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ ।

जनकपुर र अयोध्याबीच वर्षौंदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ । सिताराम विवाहपञ्चमीमा सहभागी हुन हरेक वर्ष भारतको अयोध्याबाट साधु सन्तहरू जन्तीको रूपमा जनकपुरधाम आउने गरेका छन् भने नेपालको जानकी मन्दिरबाट पनि विभिन्न धार्मिक सांस्कृतिक उत्सवहरुमा त्यसतर्फ जाने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप