संसदीय समितिद्वारा कुसुमखोला घटनाको जानकारी
चितवन । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माडीको कुसुमखोलास्थित निकुञ्ज पीडितको अवस्थाबारे जानकारी लिएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीसहितको टोलीले आज माडी पुगेर निकुञ्जले सुकुम्वासीको घरमा आगजनी गरिएको भनिएको विषयमा जानकारी लिएको हो । समितिका सदस्य शान्ति पाख्रीन तामाङ र राजबहादुर बुढा सहितको टोलीले सो क्षेत्रका चेपाङ समुदाय, वडाका जनप्रतिनिधि र माडी नगरपालिकाका प्रमुखसँग छलफल गरेको छ ।
सो अवसरमा समितिकी सभापति सुवेदीले जनताको समस्या एकातर्फ र निकुञ्जको कानून अर्कोतर्फ भएकाले समस्या आएको पाइएको बताइन् । उनले भनिन्, “हामीले कुसुमखोलाका पीडितसँग भेट्यौँ, उहाँहरुको समस्या एकातिर र निकुञ्जको कानून अर्कोतिर हुँदा समस्या आएको पायौँ ।” अहिले देखिएको समस्यालाई व्यवस्थापन गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । उनले भनिन्, “अहिलेको समस्यालाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ । पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।”
सुकुम्वासीको अधिकार रक्षाका लागि सरकारले आयोग गठन गरी काम थालि सकेको बताउँदै उनले यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गरे । चेपाङ समुदायको संरक्षण, आयआर्जन र समृद्धिका विषयमा राज्यले सोच्दै आएको पनि उनले जानकारी दिए । केही दिनअघि निकुञ्जले चेपाङ बस्ती हटाउनका लागि लगाएको आगोको विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।
वन मन्त्रालयअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनुगमनका क्रममा आएको टोली आज बिहान माडी पुगेको थियो । कुसुमखोलास्थित सुकुम्वासी चेपाङ बस्तीमा निकुञ्जले आगो लगाएको पीडितले बताउँदै आएका छन् भने निकुञ्जले अन्यत्र घर हुँदा पनि अतिक्रमण गरेर बनाइएका गोठ र मचान हटाएको जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु