मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको समुदायमा कोरोना, सजग रहन स्थानीय प्रशासनको आग्रह

मङ्गलबार, २० साउन २०७७, २३ : २१
मङ्गलबार, २० साउन २०७७

रौतहट । रौतहटको समुदायस्तरमा कोरोना भाईरसको संक्रमण छिरेपछि स्थानिय प्रशासनले सजग रहन सबैलाई आग्रह गरेको छ । संक्रमितको कन्टेक्ट ट्रेसिंगपछि समुदायका आधा दर्जन मानिसमा कोरोना भाईरसको संक्रमण पुष्टीसँगै सजगता अप्नाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

मंगलवार विभिन्न अस्पतालबाट आएको पिसिआर जाँचको रिपोर्टमा राजदेवी नगरपालिकामा ४ जना, गौरमा १ जना र चन्द्रपुर नगरपालिकामा एकजना गरी समुदायका ६ जना मानिसमा कोरोना पुष्टी भएको हो । यसरी समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण पुष्टी भएपछी सिडिओ बाशुदेव घिमिरेले एक विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, १२ वर्ष मुनि तथा ६० वर्ष माथिका मानिस घरभित्रै रहन आग्रह गरेका छन् ।

त्यसैगरी स्वास्थ सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै नियमित रुपमा साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म हात धुन, २ मिटर सामाजिक दुरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न समेत विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप