शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण*

बुधबार, २१ साउन २०७७, १२ : ११
बुधबार, २१ साउन २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको कुल संख्या १५५२ पुगेको हो । संक्रमितहरु सबै पोखरा महानगरपालिकाका हुन् । 

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या १३५४ पुगेको छ । 

यसअघि समाचार शीर्षकमा ९ जना संक्रमित हुनुपर्नेमा अन्यथा भएकाले  क्षमायाचनासहित सच्याइएकाे छ : सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप