बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए

बुधबार, २१ साउन २०७७, १४ : ०७
बुधबार, २१ साउन २०७७

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारिन्टिनमा राखिसकेको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ । बुधबारबाट टेबल टेनिसले पनि समूह समूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ । 

करिब चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबल टेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन् । कोरोना महामारीका कारण गत चैत ११ गतेबाट जारी भएको लक डाउनका कारण सम्पूर्ण खेलकुद गतिविधिहरु ठप्प भएका थिए । बुधबारबाट लैनचैर स्थित टेबल टेनिस कोर्टमा टेबल टेनिसको अभ्यास सुरु भएको छ । नेपाल टेबल टेनिस संघले खेलाडीलाई समूह समूहमा विभाजन गरी अभ्यास थालेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दा राजवैद्यले बताए । अहिले १६ जना खेलाडीहरुका लागि अभ्यास सुरु गरिएको उनले बताए ।

बुधबारबाट सुचारु भएको अभ्यासमा पहिलो दिन थोरै मात्र खेलाडी अभ्यासमा देखिएका थिए । यद्यपि उपस्थित खेलाडी खुसी देखिन्थे । फिटनेस र अभ्यासको आवश्यकता ठानेका खेलाडी, संघले गरेको निर्णयमा खुसी त छँदै छन् संघले चालेको कदममा उत्साहित पनि थिए । विश्व नै कोरोनासँग जुधिरहेका बेला स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडीहरु अभ्यासमा फर्किन पाउँदा खुसी देखिन्थे ।

खेलकुद क्षेत्र ठप्प प्राय भइरहेको अवस्थामा नेपाल टेबल टेनिस संघले खेलाडीलाई अभ्यासमा बोलाएको पहिलो दिन केही खेलाडीले अभ्यास गरेका थिए । महामारीले नराम्रो सँग असर पारेको खेलकुदमा सावधानी अप्नाउँदै खेलाडीलाई प्रशिक्षण सुरु गरिएको टेबल टेनिस संघका मुख्य प्रशिक्षक सञ्जिव ढुंगेलले बताए । राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएका आवश्यक स्वास्थ्य सामग्रीको सहयोगमा खेलाडीहरुको ज्वरु नाप्ने, स्यानिटाइजर प्रयोग गरेर अहिले केही सीमित खेलाडीहरुका लागि अभ्यास सुरु भएको उनले बताए । 

ब्याडमिन्टन, कराते, फुटबलबाहेक अन्य खेलले अहिलेको अवस्थामा अभ्यास थाल्ने शुभसाइत कुरिरहेका छन् । क्रिकेटका केही खेलाडीले आफू अनुकुल कीर्तिपुरमा अभ्यास गरिरहेका छन् भने केही समूह गतका खेलले भदौ पहिलो साताको समय पर्खिरहेका छन् । तर काठमाडौ उपत्यकामा पछिल्ला दिनयता बढेको संक्रमणले थप अन्योलता भने थपेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप