शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

बुधबार, २१ साउन २०७७, १४ : २८
बुधबार, २१ साउन २०७७

काठमाडौं । लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।

‘पीर नभाको को छ र?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतमा लय र शब्द पशुपति शर्माको रहेको छ भने स्वर पशुपति र रमिलाको रहेको छ । 

उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैले गरेका छन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि,बबिन ठकुरी,नन्द बस्याल र यम गुरुङ फिचर्ड छन। यसअघि  गायक शर्मा र गायिका न्यौपानेको “झम झम दर्कियो पानी” बोलको गीतले चर्चा कमाएको थियो। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप