शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रकृया अझै सुरु भएन

बुधबार, २१ साउन २०७७, १८ : ११
बुधबार, २१ साउन २०७७

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । 

प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले मेसिन खरिदका लागी साढे ८ करोडको बजेट आएको भए पनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । चालु आर्थिक वर्षमा ९ करोड बजेट विनियोजन भएको र अबको १० दिन भित्रै खरिद प्रक्रिया सुरु हुने उनले बताए ।

पटक पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनको लापरबाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज गएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले  जनाएको छ । अस्पताल प्रशासन र व्यवस्थापन समितीको आन्तरिक किचलोका कारण बजेट फ्रिज गएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

गत आर्थिक वर्षका लागी प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा मेसिन खरिद गर्न साढे ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । यस्तै भवन निर्माणका लागी ६ करोड विनियोजन गरेको थियो ।

तर अस्पताल प्रशासनले भने आन्तरिक कारण देखाउँदै अहिलेसम्म मेसिन खरिद गर्न सकेको छैन । अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा सेवाग्राहीले दुःख पाएका छन । बिरामीहरू निजी क्षेत्र अस्पतालबाट  सेवा लिादै ८ हजार देखी १८ हजार सम्म तिर्न बाध्य छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप