मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायको नौ सिङ

बिहीबार, २२ साउन २०७७, ०८ : ३९
बिहीबार, २२ साउन २०७७

 


कानुनको नौ सिङ उधो हो कि उभो हो छुट्याउन गाह्रो भो
जनताले ल्याएको लोकतन्त्र अब बचाउन साह्रो भो ।

विद्वान भनौं कि ज्ञाता भनौं जनताले मत दिई छानेको
पाको भनौं कि परिपक्व भनौं अनुभवी गुणी ठानेको ।

संसारमै नभएको रित यसैपाली नेपालमै ल्याएको
पीडितलाई भन्दा पीडकलाई माया के विधि गरेको ।

सानोले गरेको उत्तम काम किन मन बिगारी फेरेको
कहाँबाट आयो मनको चित्त कल्पनामा डुबेको ।

नर र नारी समाजका समान विश्वमै ठानेको
सयमा सय तराजु जोख्दा हुन्छ नै भन्ने सबैले मानेको ।

किन हो कुन्नि आफैंले जोख्दा दुई बीस तीन साठी पारेको
पीडित भन्छ यो देशको न्या खोलो झैं तलैतल बगेको ।

Title picutre: Sale vector created by rawpixel.com - www.freepik.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप