बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रोलर्सको अमिताभलाई प्रश्नः किन दान गर्नुहुन्नँ ? बच्चनले दिए यस्तो जवाफ

बिहीबार, २२ साउन २०७७, ०९ : १२
बिहीबार, २२ साउन २०७७

बलिउड अभिनेता अमिताभ बच्चनले हालै कोरोनालाई हराएका छन् । महानायक भनेर चिनिने अमिताभका यति प्रशंसक छन् कि उनलाई कमैले ट्रोल गर्छन् । तर पछिल्लो अवस्थामा भने उनी ट्रोलको शिकार भएका छन् ।

प्रयोगकर्ताको अमिताभलाई प्रश्नः सम्पत्ति दान किन गर्नुहुन्नँ ?

हालै अमूलका कारण ट्रोल भएका बिग बीलाई अर्का एक प्रयोगकर्ताले निशानामा पारेका छन् । प्रयोगकर्ताले अमिताभलाई गरिबहरुलाई आफ्नो सम्पत्ति दान गर्नेबारे कुरा गरेका छन् । ती प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘तपाईं गरिबलाई किन दान गर्नुहुन्नँ ? मलाई विश्वास छ तपाईंको पर्समा निकै प्रेम र भगवानको कृपा छ । उदाहरण सेट गर्नुपर्छ । बोल्न त निकै सजिलो छ तर उदाहरण बन्नु महत्वपूर्ण हो ।’

अमिताभ बच्चनलाई उनको च्यारिटीको विषयमा पहिलो पटक यस्तो प्रश्न भने सोधिएको होइन । लकडाउनका बेला पनि अमिताभले किन कसैलाई मद्दत गर्दैनन् भनेर मानिसहरुले चासो व्यक्त गरेका थिए ।

अमिताभले लेखिदिए पूरा सूचीः

यस्ता मुद्दामा धेरैजसो शान्त नै बस्न रुचाउने अमिताभले यसपटक भने जवाफ फर्काएका छन् । उनले आफ्नो ब्लगमार्फत् एउटा पूरा सूची नै लेखिदिएका छन् जसमार्फत्, यो बुझ्न सकिन्छ कि अमिताभले कोरोना कालमा मन खोलेर दान गरेका छन् ।

अमिताभ भन्छन्, ‘लकडाउनका बेला दैनिक पाँच हजार व्यक्तिलाई बिहान र बेलुकाको खाना खुवाएँ । मुम्बईबाट जाँदै गरेका १२ हजार प्रवासी मजदुरलाई जुत्ता–चप्पल दिएको छु । बिहारदेखि युपी पुर्याउन मजदुरका लागि बसको प्रबन्ध मिलाएको छु । एकपटक त मजदुरका लागि पूरा रेल नै बुक गराएको थिएँ । जब राजीतिका कारण रेल रद्द यो तब इंडिगोको ६ विमानमार्फत् १ सय ८० यात्रुलाई घरसम्म पुर्याएँ । आफ्नो खर्चमा १५ हजार पीपीई किट दिएको छु, १० हजार मास्क दिएको छु । दिल्लीमा सिख समुदायका अध्यक्षलाई धेरै दान दिएको छु किनभने उनी लगातार गरिबलाई खाना खुवाइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप