बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन मुक्तक

बिहीबार, २२ साउन २०७७, १० : ३९
बिहीबार, २२ साउन २०७७

-गोपाल खनाल 


१. 
एक दिन होइन देशमा लाग्छ सधैँ गाईजात्रा छ 
शान्ति, न्याय तर्सी भाग्छ सधैँ गाईजात्रा  छ ।।
छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो
औँला दिँदा हातै माग्छ सधैँ गाईजात्रा छ ।।

२.
लकडाउनले कैयौँलाई माग्ने बनायो 
थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।।
आत्महत्या समस्याको समाधान त हैन
तनावले जीवनबाटै भाग्ने बनायो ।।

३.  
कोरोना यो खै कहिले पार लाग्ने होला ?
निदाएको सरकार अब कहिले जाग्ने होला ।।
हिंसा अनि प्रकृतिको दोहन गरी रमाउँदै 
बुझपचाई अझै मान्छे कता भाग्ने होला ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप