शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दार्चुलामा ८० वर्षीया वृद्धाको शव फेला, हत्या आशंकामा छोरा पक्राउ

बिहीबार, २२ साउन २०७७, ११ : ०५
बिहीबार, २२ साउन २०७७

काठमाडौँ । दार्चुलाको दुहुँ गाउँपालिका–३ ब्रम्हदेवकी एक वृद्धा मृत फेला परेकी छन् । ८० वर्षीया नारुदेवी बम मृत अवस्थामा फेला परेकी दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । 

घरभन्दा २० मिटर टाढा बमको शव फेला परेको जोशीले जानकारी दिए । मृतकको घाँटीमा निलडाम देखिएकाले हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ । 

बमको घाँटी च्यापेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । बमको हत्या आशंकामा प्रहरीले ५३ वर्षीय छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । 

मृतकको प्रकृति हेर्दा हत्या जस्तो देखिने भएकाले अनुसन्धानका लागि मृतकका छोरा नरबहादुर बमलाई नियन्त्रणमा लिएको जोशीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप