शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातो ड्रेसमा बोल्ड रजनी

बिहीबार, २२ साउन २०७७, १३ : २४
बिहीबार, २२ साउन २०७७

काठमाडौं । अभिनेत्री रजनी केसी पछिल्लो समय सानोपर्दामा निकै ब्यस्त छिन् । निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी रजनीले लोफर पछि लगातार केही फिल्म हात परेकी हुन् । तर फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा जम्न भने सकिनन् ।

ठुलोपर्दामा राम्रो नफापे पनि उनलाई अहिले सानोपर्दा भने राम्रोसँग फापेको छ । सानोपर्दाका लागि उनलाई भ्याइनभ्याई समेत रहेको छ ।  पछिल्लो समय उनी निर्देशक निर्मल शर्माले बनाउने गरेको टिभी सिरियल, बिज्ञापन चलचित्रका अलवा गजित बिष्टको निर्देशक रहेको टेलिचलचित्र ‘अचानक’मा समेत ब्यस्त रहेकी छन् । 

फिल्ममा हट एण्ड बोल्ड लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा देखिने गरेकी छन् । तर पनि उनीबाट भने दर्शक निरास हुन परेको छैन किनभने बेलाबेलामा उनी सामाजिक सञ्जालमा हट एण्ड बोल्ट तस्बिर सार्वजनिक गर्दै दर्शकको प्यास मेटाउँदै आइरहेकी छन् ।

हालै पनि रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी हट एण्ड बोल्ड लुक्समा प्रस्तुत भएकी छन् । तस्बिरमा उनी निकै सुन्दर समेत देखिएकी छन् । तस्बिरलाई उनका फ्यानले राम्रो प्रतिक्रिया समेत दिएका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप