शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारका थप २० कर्मचारीमा कोरोना संक्रमण

बिहीबार, २२ साउन २०७७, १३ : ५३
बिहीबार, २२ साउन २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए  । 

आयोगका कुन शाखाका कर्मचारीलाई संक्रमण भएको भन्नेबारे खुलाइएको छैन ।गत मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि थप १ सय जनाको स्वाव लिएर परिक्षण गर्दा संक्रमितको संख्या बढेको हो । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप