कपिलवस्तुमा एकैदिन २५ जनामा कोरोना संक्रमण
कपिलवस्तु जिल्लामा फेरि कोराना संक्रमिण बढ्न थालेका छन् । यसअघि कपिलवस्तुमा संक्रमित भएकाहरु अधिकांश निको भइसकेको अवस्थामा फेरि संक्रमित देखिन थालेका हुन् ।
कपिलवस्तु सदरमुकाम तौलिहवा र मायादेवीमा आज एकै पटक २५ जना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । आज पुष्टि भएकामध्ये तौलिहवाका २४ जना र मायादेबी गाउँपालिकाका एक जना हुन् । संक्रिमित भएहरु बैकका कर्मचारीदेखि स्वास्थ्यकर्मी समेत रहेका छन् ।
स्वास्थ्य कार्यालय अनुसार सदरमुकाम संक्रमितमा तौलिहवाका ६ बैंक तथा वित्तीय संस्थाका १३ जना, मेडिकल तथा पोलिक्लिनिकका २, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थ्यकर्मी १ जना, शिक्षक २ जना र बजार क्षेत्रका अन्य ३ जना रहेका छन् । संक्रमित स्वास्थ्यकर्मी कपिलवस्तुमा अस्पतालका हुन् ।
योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जसमध्ये ७ सय ४७ जना निको भई घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा