शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मण्डन देउपुरमा बाढी र पहिरोको वितण्डाः खाटचौरका २५ घर उच्च जोखिममा

बिहीबार, २२ साउन २०७७, १५ : ५५
बिहीबार, २२ साउन २०७७

मण्डनदेउपुर (काभ्रे) । लगातार परेको वर्षातका कारण पहिरो जादाँ मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाहरु बाढी पहिरोको उच्च जोखिममा परेका छन् ।  इन्द्रावती, ढाडखोला, चाखोलालगायतमा बाढी आउदाँ किनारामा रहेको धान खेतमा बाढी पसेको छ । 

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाका अनुसार वडा नम्बर १, ५ र १० मा पहिरोका कारण बस्तीनै जोखिममा परेका छन् ।  केही दिन अगाडी सोही नगरपालिकाको वडा नम्बर १ हलेदे बस्ताकोटी टोलमा समेत पहिरोको उच्च जोखिम भएपछि ७ वटा घरमा बस्दै आएकाहरुलाई अन्यत्र सारिएको थियो । 

वडा नम्बर १ को खोरङ्गका केही घर, ५ को खाटचौरमा २५ घर र १० नम्बर वडाको नारिन खर्कमा १३ घर पहिरोको उच्च जोखिमा परेका छन् ।  ‘हालसम्म मानवीय क्षति भएको छैन तर, भौतिक क्षति ठुलो भएको छ, हामी जोखिममा बस्तीलाई अन्यत्र सार्ने प्रयासमा छौं,’ नगरप्रमुख वाइवाले रातोपाटीसँग भने । 

वडा नम्बर ६, ७, ८ र ९ मा बाढी आउदाँ खेत पुरिएको र किसानले लगाएको सयौं रोपनी धान खेत र तरकारी बाली नष्ट भएको नगरप्रमुखले वाइवाले जानकारी दिएका छन् ।  चाखोलामा आएका बाढीका कारण वडा नम्बर ११ मा रहेको पुलमा समेत क्षति पुगेको छ । चाखोलाबाट राम्चे जाने पुलमा क्षति पुगेको वाइवाले बताए 


यता वडा नम्बर ५ का करिब २५ घर उच्च जोखिममा परेका छन् ।  वडाअध्यक्ष नेत्रप्रसाद ढकालले रातोपाटीसँग कुरा गर्दै भने ‘खाटचौर एउटै टोलका १४ घरमा बस्न सक्ने अवस्था भएन ।’ ‘लगातार पानी परिरहेकाले मैले पनि मेरो घरमा आजबाट बस्न छोडे,’ वडाअध्यक्ष ढकालले भने । 

बिहिबार बिहानबाटै उच्च जोखिममा रहेका घरधनीहरुलाई अन्यत्र बस्न भनेपनि कतिपयले भने नमानेका र मानवीय क्षति नहोस् भनेर आफु लागिरहेको वडा अध्यक्ष ढकालको भनाई छ ।  वडा नम्बर ५ को सबै टोलमा गरेर २५ घर पहिरोको उच्च खोजिममा रहेको वडाअध्यक्षले बताए । ठुलो पहाड मुनी बस्ती भएकाले लगातरको वर्षातमा ठुलो क्षति हुन सक्ने भन्दै स्थान्ीयहरु त्रसित भएका छन् । 

पहिरो जानबाट जोगाउन र धनजनको क्षति नहुन दिन नगरपालिका, वडा र स्थानीयहरु लागिपरेका छन् ।  पहिरो पीडित स्थानीय केदार ढकालका अनुसार घर माथीको पाहाड कुन बेला झर्छ ठेगान नभएको र बस्तीको दायाँबायाँ पहिरो गइरहेको छ ।  (बाढीको तस्विरः सामाजिक सञ्जाल र पहिरोको तस्बिर सुवास ढकालबाट लिइएका हो । ) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप